डोटीको दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
डोटीः डोटीको दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको छ।
आइतबार ‘पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने मूल नाराका साथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो। यो पालिका जिल्लाको अन्तिम पालिकाका रूपमा घोषणा भएको हो। अन्य आठवटा पालिका यसअघि नै घोषणा भइसकेका छन्।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सबै सूचक पार गरेर घोषणा भएको बताए। योसँगै सबै पालिका पूर्ण खोप घोषणा भइसकेका कारण अब छिट्टै नै जिल्लालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिने मलासीले बताए।