एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको एजुकेशन पार्टनरमा शुभकामना बोर्डिङ
धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा रहेको शुभकामना बोर्डिङ स्कुलजोडिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ चटकपुरमा रहेको शुभकामना बोर्डिङ स्कुलले प्रायोजन गरेर साथ दिएको हो।
विगत लामो समयदेखि गुणस्तरीय तथा समय सुहाउँदो शिक्षा दिदैं आएको शुभकामना बोर्डिङ स्कुलले एजुकेशन पार्टनरको रुपमा साथ दिएको छ। प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शुभकामना बोर्डिङ स्कुलका संस्थापक हेम पन्त र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव विराज रोस्याराले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि प्रतिक्रिया दिँदै स्कुलका अध्यक्ष हेम पन्तले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए। उनले आफूहरू पनि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए।
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।
‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ। अवार्डको युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेश अवार्डलाई शौभाग्य हस्पिटल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ।