सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली बास्केटबल टोली माल्दिभ्स जाने 

२०८० जेठ २६, ०९:०१ खबर संवाददाता

काठमाडौँः  नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले माल्दिभ्समा फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप खेल्ने भएको छ।

जुन १४ देखि जुन २२ सम्म हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए। प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन्।

खेलाडीमा सदीश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश रखाल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, असिम श्रेष्ठ र श्रेयशबहादुर शाह छन्। प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन्।

टोली सोमबार माल्दिभ्स जानेछ। टोलीलाई आवश्यक पोसाक लिनिङले प्रायोजन गरेको छ।
 

कमेन्ट लोड गर्नुस