सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौथो संस्करणको अवार्डको ‘लाइफटाइम एचिभमेन्ट’ विधालाई गरिमा पोलिक्लिनिक एन्ड डेन्टलको साथ

२०८० जेठ २६, ०७:२२ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड—२०७९’ लाई गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले सहयोग गर्ने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्न लागेको चौथो संस्करणको अवार्डको ‘लाइफटाइम एचिभमेन्ट’ विधालाई धनगढीमा रहेको गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले प्रायोजन गर्ने भएको हो। अव यो विधाको नाम गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टल लाइफटाइम एचिभमेन्ट अवार्ड भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र पोलिक्लिनिकका सञ्चालक डाक्टर निराजनदत्त शर्मा पौडेलले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन। सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर शर्माले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए। ‘आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीलाई सम्मान गरिने कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भने।

सुदूरपश्चिम प्रदेशको राजधानीमा सञ्चालित गरिमा पोलिक्लिनिक एन्ड डेन्टलले लामो समयदेखि विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्ष ०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।
 

कमेन्ट लोड गर्नुस