गोदावरीमा भोलि प्रदेश स्तरिय चेस प्रयोगिता हुने
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलमा सुदूरपश्चिम प्रदेश स्तरिय चेस (बुद्धिचाल) प्रतियोगिता हुने भएको छ।
गोदावरी नगरपालिका र सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघको संयुक्त आयोजनामा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा पुरुष, महिला र विद्यार्थीका छुट्टाछुटै टीम सहभागि हुन सुदूरपश्चिम प्रदेश वुद्धिचाल संघका अध्यक्ष भीम पाण्डेले जानकारी दिएका छन्।
प्रतियोगिता अन्तरगत पुरुष तर्फ प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ७ हजार ५ सय, तृतिय हुनेलाई ५ हजार, चौथो र पाँचौ हुनेलाई २÷२ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ। त्यस्तै महिला तर्फ प्रथम हुनेलाई ४ हजार, द्धितिय हुनेलाई २ हजार ५ सय, बिद्यार्थी तर्फ प्रथम हुनेलाई ३ हजार र द्धितिय हुनेलाई २ हजार पुरस्कार दिइने संघका अध्यक्ष पाण्डेले जानकारी दिएका छन्।
खेलाडीहरुको स्तरोन्नती र गोदावरी नगरपालिका ४ बुढीतोलाको पर्यटकीय प्रचार–प्रसारका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।