कञ्चनपुरमा उखुबारीभित्र महिलाको शव फेला
२०८० जेठ २६, ०३:३४
धनगढी: कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।
जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो। उनी बिहीवार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्।
राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डीएसपी प्रकाश डाँगीले बताए। उनले मृत्युको कारण नखुलेको बताए।
कमेन्ट लोड गर्नुस