सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

२०८० जेठ २५, ०४:४८ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–२ बनशक्ती स्थित भारतबाट भन्सार छली गरि ल्याएका बिलेट, प्लाष्टिक, डिउ (पेय पदार्थ), एक थान साईकल, पानीपुरी, ब्रोईलर कुखुरा लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो। बरामद गरिएका सामान २४ हजार मुल्य बराबरका रहेको प्रहरीले जनाएको छ।

प्रहरीचौकी टेडुवाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी समान नियन्त्रणमा लिएको हो। 
 

कमेन्ट लोड गर्नुस