सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

२०८० जेठ २५, ०४:२८ खबर संवाददाता

काठमाडौँः  जुन २१ बाट भारतको बेङ्ग्लुरुमा सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपाली अन्तिम टोलीको घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार क्षेत्रीय फुटबल च्याम्पियनसिपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपमा नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्। नेपालले जुन २१ (असार ६ गते) मा कुवेतसँग खेल्नेछ भने जुन २४ ( असार ९ गते) मा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल जुन २७ (असार १२) मा पाकिस्तानसँग हुनेछ।

च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले जुन १५ (जेठ ३२) मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ। टीममा गोलकिपरमाः किरण चेम्जोङ, दीप काकी, विशाल श्रेष्ठ रहेका छन्। डिफेन्डरमाः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ,  देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा रहेका छन्।

मिडफिल्डरमाः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने छन्।
यस्तै फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र  विमल घर्ती मगर रहेका छन्।
 

कमेन्ट लोड गर्नुस