सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथमा सीपमूलक तालिम सञ्चालन

२०८० जेठ २४, ०७:१९ खबर संवाददाता

बैतडीः  बैतडीको शिवनाथ गाउँपालिकाले १ सय ७१ जनालाई विभिन्न सीपमूलक तालिम दिएको छ।

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यम विकास शाखाले तालिम सञ्चालन गरेको हो। ‘आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार’ भन्ने नारासहित सीपमूलक तालिम सञ्चालन गरेको गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख भुपेन्द्र पाण्डेयले बताए। चालु आर्थिक बर्षमा गाउँपालिकाले ८० जना दलित समुदायका नागरिकलाई उद्यमशिलता विकास तालिम दिएको जनाएको छ।

तालिम ८ दिने सम्म संचालन गरिएको थियो। तालिममार्फत उनीहरुलाई उद्यमतर्फ आकर्षण गराउनका लागि तालिम दिएको पाण्डेयले बताए। यस्तै २५ जनालाई ७ दिने सिन्के धुप उत्पादन तालिम, १६ जनालाई २ महिने सिलाई–कटाइ तालिम, १२ जनालाई मेसिनद्वारा होजीयारी तालिम दिएको गाउँपालिकाले जनाएको छ। यस्तै विभिन्न उद्यममा संलग्न रहेका १४ जनालाई औद्योगिक भ्रमण तथा लघुबित्त पहुँच कार्यक्रममा सहभागी गराएको गाउँपालिकाले जनाएको छ।

युवाहरुलाई लक्षित गरेर उद्योग विकास शाखामार्फत तालिमहरु सञ्चालन गरिएका गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए। अध्यक्ष साउँदले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने खालका तालिम सञ्चालन गरिएको बताए। उनले भने ‘हामीले गाउँपालिकाका तर्फबाट विभिन्न समयमा सीपमूलक तालिम सञ्चालन गरेका छौं। यसबाट नागरिकलाई केही सहयोग पुगेको हामीले विश्वास गरेका छौं।’

गाउँपालिकाको उद्योग विकास शाखामार्फत गाउँपालिकाबासीलाई सीपमूलक तालिम दिएकोमा स्थानीयले खुसी व्यक्त गरे।

कमेन्ट लोड गर्नुस