सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक घरमा आगो लाग्दा २ लाखको क्षति

२०८० जेठ २३, ०५:५९ खबर संवाददाता

धनगढीः कञ्चनपुरको एक घरमा आगो लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ आशिष टोलका कलावती सिंहको २ केठे कच्ची घरमा आगलागी भएको हो।

बिजुलीको तार सर्ट भएर आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। आगलागीबाट २ लाखको क्षति भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मगलवार दिउसो आगो लागेको हो। आगलागीबाट चामल, दाल, पिठो, लत्ताकपडा,टिभी,खटियाभाडाकुडाकागज पत्रसहित नौ  हजार नगद जलेर नष्ट भएको छ।

प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीको घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस