सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० जेठ १६, ०७:०१ खबर संवाददाता

धनगढीः दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको  अपिहिमाल गाउँपालिका वडा नम्बर ३ मर्खोलामा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको हो।

मंगलवार दिउँसो बिजुली मर्मत गर्ने क्रममा स्थानीय अन्दाजी ३० वर्षीय दमनसिंह कार्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विधुत् मर्मत गरिरहेका थिएर उनको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमाटमका लागि गोकुले ल्याइदैछ।
 

कमेन्ट लोड गर्नुस