धनगढी हाफ म्याराथुनको तयारी पुरा
अब धनगढी दौडिन्छ, भन्ने नाराका साथ बैशाख १ गते धनगढी जेसजिको आयोजनामा हुने हाफम्याराथुनको छैठौँ संस्करणको तयारी पुरा भएको छ। आयोजकले शुक्रबार बिहान धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पुरा भएको जानकारी दिएको हो। कुनै एउटा क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा धनगढीलाई दौडाउने अभियानका साथ हाफ म्याराथुन हुने धनगढी जेसिजका अध्यक्ष नरेन्द्र अवस्थीले जानकारी दिए। यस्तै हाफ म्याराथुनको पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले उद्धघाटन गर्ने पनि तय भएको छ। २१ दशमलव १ किलोमिटरको दौड अथवा हाफ म्याराथुनमा प्रथम, द्वितीय र तृतीय हुनेलाइ क्रमश नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र तेश्रोलाई २२ हजार २ सय २२ पुरस्कार प्रदान गरिने छ। हाफ म्याराथुनको रुट धनगढी रंगशाला, एलएनचोक, धनगढी चौराहा हुँदै गेटामा रहेको सुदूर विस्कुट इण्डष्ट्रिज पुगेर सोही रुट हुदै पुनः रंगशालामा तोकिएको छ।
हाफ म्याराथुनसगै कर्पाेरेट र संचार तथा ट्राईसाईकल म्याराथुनलाई पनि यो वर्ष निरन्तरता दिईएको छ। यी दुवै विधामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमश ५ हजार ५ सय ५५, द्धितियलाई ३ हजार ३ सय ३३, तृतिय हुनेलाई २ हजार २ सय २२ नगद पुरस्कार दिईने छ। कुनै एउटा क्षेत्रमा मात्रै नभई ब्यापार, पर्यटन, शिक्षा, खेलकुद लगायतका सबै क्षेत्रमा अब धनगढी दौडिन आवश्यक छ भन्ने सन्देश दिन २०७१ सालदेखी धनगढी दौडीन्छ भन्ने मुल मन्त्रका साथ हाफ म्याराथुन आयोजना गरीदै आएको हो।