सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यास लिक भएर गम्भीर घाइते भएका ठगुन्नालाई थप उपचारका काठमाडौं लगियो

२०८० जेठ १०, ०४:२४ खबर संवाददाता

धनगढीः   खाना पकाउने ग्यास लिक भएर जलेर घाइते भएका दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नालाई काठमाडौं लगिएको छ।

बुधबार बिहान चिया पकाउने क्रममा ग्यास लिक भएर ठगुन्ना जलेका थिए। घाइते भएका उनलाई स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो।

गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
 

कमेन्ट लोड गर्नुस