करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु
२०८० जेठ ७, १०:१५
धनगढीः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार राति जिल्लाको कृष्णपुर नगरपालिका–४ मछेली नदी किनारमा करेन्ट लागेर ३४ वर्षीय प्रताप खुनाको मृत्यु भएको हो।
हावाहुरीले विद्युतको पोल ढल्दा साइकलमा यात्रा गरिरहेका उनलाई करेन्ट लगेर मृत्यु भएको हो। प्रहरीका अनुसार स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग राखेका छन्।
कमेन्ट लोड गर्नुस