सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्छौः नगरप्रमुख ओझा

२०८० जेठ ४, ०८:०६ खबर संवाददाता

धनगढीः  कञ्चनपुरको कृष्णपुरमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा पठनपाठनका गतिविधि अघि बढ्न थालेका छन्।

शैक्षिक सत्र २०८० सुरू हुनु अगावै नगरप्रमुख हेमराज ओझाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र आभिभावकसँग सरकारी विद्यालयको शैक्षिक स्तर सुधारका लागि विभिन्न चरणमा छलफल अगाडि बढाएका थिए। त्यसैगरी शैक्षिक सत्र २०७९÷०८० को एसइई परीक्षा तयारीको लागि नगरका १३ माध्यामिक विद्यालयलाई नगद ५० हजार अनुदान दिइएको थियो। साथै कृष्णपुरका अधिकांश विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पठनपाठन सुरु गरिएको छ।

माध्यामिक तहमा दरबन्दी मिलान, आवश्यक विद्यालयमा भौतिक संरचना निर्माण, शैक्षिक सामग्री वितरण, पूर्व प्राथमिक तहका बालबालिकाहरुलाई सरकारी विद्यालयप्रति आकर्षित गराउन १३ माध्यामिक विद्यालयमा बाल उद्यान निर्माणको काम गरेको नगरप्रमुख ओझाले बताए।

‘राज्यले अरबौं पैंसा सरकारी विद्यालयमा लगानी गरेको छ। कडा प्रतिस्पर्धाबाट छानिएर शिक्षकहरु आउनुहुन्छ। तरपनि किन सार्वजनिक विद्यालयको नतिजा सुखद आइरहेको छैन?’ नगरप्रमुख ओझाले अर्को वर्ष कक्षा ८ र १० को उत्कृष्ट नतिजाका लागि पनि विशेष तयारीका साथ काम गरिने बताएका छन्।

नगरप्रमुख ओझाले शिक्षा क्षेत्रको सुधारका लागि चालेका कदमले आफूहरूलाई हौसला मिलेको कृष्णपुर नगरपालिका वडा नम्बर ७ शान्तिपुरमा रहेको कन्चन माध्यामिक विद्यालयका प्रधानाध्यापक कर्मराज चौधरीले बताए। उनले पछिल्लो समय सरकारी विद्यालयको शिक्षा सुधारमा नगरप्रमुख ओझाले देखाएको सक्रियताले आफूहरु पनि उत्साहित भएको बताए।
 

कमेन्ट लोड गर्नुस