सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा शनिबार फेरि भूकम्पको धक्का 

२०८० वैशाख २३, ०७:२८ खबर संवाददाता

धनगढीः बाजुरामा शनिबार फेरि भूकम्प गएको छ।

जिल्लाको बिच्छ्या केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए। आज दिउँसो १ बजेर ४२ मिनेटमा ३ दशमलव ७ रेक्टर स्केल र ४ बजेर ३३ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको तामाङले बताए। यसअघि वैशाख २१ गते बाजुराको विच्छ्या केन्द्र बिन्दु बनाएर ४दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।

त्यसअघि वैशाख १५ गते ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तामाङले जानकारी दिए। पछिल्लो समयमा बाजुरामा लगातार भूकम्प जान थालेपछि स्थानीयहरु त्रसित भएका छन्। भूकम्पविद्हरुले पश्चिमी क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको बताइरहेका बेला लगातार भूकम्प जाँदा स्थानीयहरु झनै त्रसित भएका हुन्। 

कमेन्ट लोड गर्नुस