बैतडीमा करेन्ट लागेर एक गोरु मर्यो
धनगढीः बैतडीमा करेन्ट लागेर एक गोरु मरेको छ।
जिल्लाको पाटन नगरपालिका ४ अयाँरासैना भन्ने स्थानमा चराउनका लागि ल्याएको गोरु पोलबाट प्रवाह भएको करेन्ट लागेर मरेको गोरु धनी ध्वजबहादुर ऐरीले बताए। गोरु मरेको स्थानमा पोलबाट करेन्ट प्रवाह भए÷नभएको एकीन गर्न प्राविधिक पठाएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए।
पोलबाट करेन्ट लागेर गोरु मरेपछि विद्युतीय दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयबासी त्रसित भएका छन्।