सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयाले पनि सार्वजनिक बिदामा सेवा दिने

२०८० वैशाख २१, ०८:५२ खबर संवाददाता

बैतडी: बैतडीको सुर्नया गाउँपालिकाले पनि सार्वजनिक बिदामा सेवा दिने भएको छ। सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिने जनाएको हो। शनिबार बाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए।

यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो। प्रशासनले सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका थिए। नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने व्यवस्था गरेअनुरूप गाउँपालिकाले पनि सेवा प्रवाह गर्ने निर्णय गरेको हो। 

कमेन्ट लोड गर्नुस