सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा हिमपहिरोः यार्सा टिप्न गएका आधा दर्जन व्यक्ति फसेको आशंका

२०८० वैशाख १९, ०४:५४ खबर संवाददाता

धनगढीः दार्चुलामा मंगलबार हिमपहिरो गएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा आधा दर्जन मानिस पुरिएको आशंका गरिएको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो। हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नजिकैको चौकीबाट असईको कमान्डमा टोली खटिएको छ।

कमेन्ट लोड गर्नुस