सुदूर नेपाललाई विश्वसँग जोड्दै

’ए’ डिभिजन लिग : दुई खेल हुँदै

२०८० वैशाख १९, ०८:०० खबर संवाददाता

काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग २०२३ अन्तर्गत दोस्रो लेगका खेलहरू आज मंगलबारबाट सुरु हुँदैछ।

लिगको दोस्रो लेग अन्तर्गत मंगलबार दुई खेलहरु सुरु हुँदैछन्। जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शीर्ष स्थानको जावलाखेल युथ क्लब र पुछारको नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

जावलाखेल आज आठौं जित निकाल्न चाहन्छ। जावलाखेल १३ खेलमा २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पुलिस चौंथो जित निकाल्न चाहन्छ। पुलिस १३ खेलमा १२ अंक जोडेर पुछारमा रहेको छ। यस्तै च्यासल मैदानमा दोस्रो स्थानको थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र खुमलटारबीचको दिउँसो ३ बजे सुरु हुनेछ।

थ्री स्टार सातौं स्थानको खोजीमा रहेको छ। थ्री स्टार १३ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। खुमलटार पाँचौं जित निकाल्न चाहन्छ। खुमलटार १३ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

कमेन्ट लोड गर्नुस