डडेल्धुरा घर भएका लगानी बोर्डका पूर्वसीईओ भट्ट पक्राउ
धनगढी: लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले भट्टलाई शनिबार ललितपुरको सानेपाबाट पक्राउ गरिएको हो।
भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनाएको छ। सुशीलले जेलमा रहेका आफ्ना भाइ दीपक भट्टलाई छुटाउने वातावरण बनाउन खोजेको र त्यसबारे पनि अनुसन्धान हुने प्रहरी अधिकारीहरूले जनाएका छन्। भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। भट्टको पुर्खेउली घर डडेल्धुराको अजयमेरु गाउँपालिका–३ हो।