सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोसी प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पीयन

२०८० वैशाख १७, ०९:४३ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा जारी १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका कोसी प्रदेशले हात पारेको छ।

आज कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा भएको फाईनलमा बागमति प्रदेशलाई ३५ रनले हराउँदै कोसी प्रतियोगिताको च्याम्पीयन बनेको हो। प्रतियोगिताको विजेता बनेसँगै कोसी प्रदेशले ट्रफी सहित नगद दुई लाख प्राप्त गरेको छ। उपविजेता बनेको बागमति प्रदेशले ट्रफी सहित नगद एक लाख प्राप्त गरेको छ।

आज भएको फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै कोसी प्रदेशले बर्षाका कारण घटाईए २५ ओभरको खेलमा ७ विकेट क्षतिमा १७१ रन बनायो। कोसीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए। यस्तै सिंवाश बजगाईले अविजित ३० रन, दिपु भुजेलले २१ रन र आशिक मगरलले २० रन बनाए। बागमतिका लागि सुप्रिम हाडा, सार्थक धिताल र अर्थव पौडेलले दुई दुई विकेट लिए।No description available.

प्रतिउत्तरमा बागमति प्रदेशले २४ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो। उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांस कोईराला र रोशन विकले २३÷२३ रन बनाए। कोसीका लागि रविन मण्डलले ३ विकेट, सौजन घिमिरे र प्रतिक पोखरेलले दुई दुई विकेट लिए। फाईनल खेलको प्लेयर अफ द म्याच कोसी प्रदेशका एलिस मण्डल भए। उनले नगद दुई हजार प्राप्त गरे।No description available.

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका बागमति प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए। उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान समेत भए। उनले सर्वोकृष्ट खेलाडी भए बापत नगद १५ हजार र उत्कृष्ट ब्याट्सम्यान भए बापत नगद १० हजार प्राप्त गरे। चार खेल खेलेका उनले १०६ बलमा १४६ रन बनाए। यस्तै १९ ओभर बलिङ गरेका उनले एक मेडन सहित ९४ रन दिएर ४ विकेट लिए। कोसी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए। उनले नगद १० हजार प्राप्त गरे। ३ खेल खेलेका उनले १७ ओभर बलिङ गर्दै एक मेडन सहित ७२ रन दिएर १० विकेट लिए।No description available.

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यु–१६ टीम बनाईनेछ। नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो। एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ।  No description available.

कमेन्ट लोड गर्नुस