कैलारीमा निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीको उपचार
धनगढीः कैलारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरबाट ६ बढीको स्वास्थ्य उपचार गरिएको छ। लायन्स क्लब धनगढी सञ्जीवनी, धनगढीको निसर्ग हस्पिटल र कैलालरी गाउँपालिकाको सहकार्यमा स्वास्थ्य शिविर आयोजना भएको हो।
स्वास्थ्य शिविरमा आएका ६ सय २० जनाको उपचार गरिएको स्वास्थ्य शिविरका संयोजक डाक्टर मेराज आलम अन्सारीले बताए। उनले शिविरबाट सर्जरी सेवा, प्रसुती सेवा, हाडजोर्नी, मानसिक रोग, जनरल चिकित्सा सेवा र बाल रोग, दन्त उपचार र अल्ट्रासाउन्ड गरिएको बताएका छन्।
शिविरमा उपचार गर्न आउने सबै बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको डाक्टर अन्सारीले बताए।