बझाङको बित्थडचिरले गर्यो एमबिबिएस पढ्न आर्थिक सहयोग
२०८० वैशाख १५, ०७:२१
धनगढीः बझाङको बित्थडचिर गाँउपालिकाले एमबिबिएस पढ्न आर्थिक सहयोग गरेको छ। गाउँपालिकाको वडा नम्बर ४ का स्थानीय दलबहादुर बोहरालाई नगद ३ लाख सहयोग गरेको हो।
छात्रवृत्तिमा एमबिबिएस पढ्न नाम निकालेका बोहरालाई थप प्रोत्सहन गर्न आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महरले बोहरालाई सम्मान पत्रसहित नगर हस्तान्तरण गरेका हुन्।
कमेन्ट लोड गर्नुस