सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल ६८ रनले विजयी

२०८० वैशाख १४, ०३:२३ खबर संवाददाता

धनगढीः नेपाल समूह विजेताका रूपमा एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ।

१५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमा अलआउट भएको हो। सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिएका छन्। 

अब सेमीफाइनलमा नेपालले ‘समूह बी’को उपविजेतासँग खेल्नेछ।

समूह बीको विजेता र उपविजेताको टुंगो लागिसकेको छैन। उक्त समूहबाट ओमान सेमीफाइनलमा पुगिसकेको छ भने विजेता र उपविजेताको टुंगो अहिले जारी हङकङ र कुवेतबीचको खेल पछि लाग्नेछ।

उक्त खेल जितेमा हङकङ समूह विजेता बन्नेछ र नेपालको भेट यूएईसँग हुनेछ। कुवेतले जितेमा भने नेपाल र कुवेत खेल्नेछन्।
 

कमेन्ट लोड गर्नुस