सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका मनोज भट्ट ६ महिनादेखि भारतमा बेपत्ता

२०८० वैशाख १४, ०६:०२ खबर संवाददाता

बैतडीः बैतडीका मनोज भट्ट ६ महिनादेखि भारतमा बेपत्ता भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–४ कपीन्नाका मनोज भट्ट गएको ६ महिनादेखि भारतमा बेपत्ता भएका हुन्। भारतको दिल्लीबाट रोजगारीका लागि हिमाञ्चलको सिम्ला गएका मनोज ६ महिनादेखि सम्पर्क विहिन रहेका उनका दाजु नवराज भट्टले बताए।

पहिला भारतको दिल्लीमा आफ्ना दाजु नवराजसंगै नोकरी गर्दै आएका मनोज सिम्ला गएपछि सम्पर्क विहिन भएको पारिवारले जनाएको छ। मनोज बेपत्ता भएपछि घरपरिवार शोकमा डुबेको छ। उनका एक छोरा र श्रीमती रहेका छन्। कसैले मनोजलाई फेला पारेमा नजिकको प्रहरीमा वा ९८६५९०१७६१ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ। 

कमेन्ट लोड गर्नुस