सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले आज इरानसँग खेल्दै

२०८० वैशाख १३, ११:०१ खबर संवाददाता

काठमाडौंः एएफसी यू–१७ महिला एसियन कप छनोटको पहिलो चरण अन्तर्गत नेपालले आज बुधबार पहिलो खेल खेल्दैछ। नेपालले आज इरानसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। जोर्डनको प्रिन्स मोहमद स्टेडियममा नेपाल र इरानबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ।

समूह ’एच’ मा रहेको नेपाल आज इरानलाई हराएर सुखद सुरुआत गर्न चाहन्छ। नेपालको समूहमा जोर्डन र इरान रहेको छ। समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्। नेपालले दोस्रो खेलमा शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ।

नेपाली टोलीः गोलकिपरः सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी डिफेन्डरः अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई मिडफिल्डरः माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ फरवार्डः सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ   
 

कमेन्ट लोड गर्नुस