सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाका कारण खेल प्रभावित

२०८० वैशाख ११, ११:५६ खबर संवाददाता

काठमाडौं: एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण खेल प्रभावित भएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनुपर्ने थियो। तर, वर्षाको कारण अझै खेलको टस समेत भएको छैन।

उपाधि दाबेदार नेपाल आज साउदीलाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ। साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ। नेपाल र साउदीबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ। नेपाल र साउदीबीचको एक मात्र भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो।

यो खेल नेपालले ९ विकेटले जितेको थिया । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह ’बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन्।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्। फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ। एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ। यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन्।
 

कमेन्ट लोड गर्नुस