सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम फैसलाको सुनुवाइ आज

२०८० वैशाख ११, ०८:०१

काठमाडौंः क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाको अन्तिम सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइ सोमबार हुने भएको हो। गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइसकिएको छ।

यससँगै मुद्दा फैसलाका लागि सोमबार अन्तिम सुनुवाइ गरिने भएको हो। एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो।

कमेन्ट लोड गर्नुस