लागुऔषध मुद्घाका फरार प्रतिवादी पक्राउ
२०८० वैशाख १०, ०६:१४
धनगढीः कञ्चनपुरमा लागुऔषध मुद्घाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–९का सुरेश रानालाई शुक्रबार आफ्नै घरमा लुकिछुपि रहेको अवस्थामा दुई वर्षपछि पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले २०७७ पुस ७ गते दुई महिना कैद र दुई सय जरिवाना तोकेको थियो।
रानालाई सजाय भुक्तानको लागि जिल्ला अदालत कञ्चनपुरले कारागार चलान गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस