कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ
धनगढीः कञ्चनपुरमा लागुऔषध खैरोहिरोइन सहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरबाट कैलाली धनगढी उपमहानगरपालिका–१ कैलाली गाउँका सुमित राना र सोहि उपमहानगरपालिका–७ का दिपेन्द्र रानालाई पक्राउ गरेको हो।
मोटर साइकलमा पछाडि सवार दिपेन्द्र रानाको साथबाट ०.७५ मिलिग्राम खैरोहिरोइन जस्तो देखिने धुलो लागुपर्दाथ फेला परेपछि मोटरसइकल सहित दुबैजनालाई नियन्त्रणमा लिएको छ।
उनीहरु विरुद्घ लागुऔषधको मुद्घा चलाई थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले बताएको छ।