’ए’ डिभिजन लिग : तीन खेल हुँदै
काठमाडौंः सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदै छन्। लिगको ११ औं चरण अन्तर्गत शनिवार तीन खेलहरु हुँदैछ।
दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार र मनाङको खेल दिउँसो ३ बजे सुरु हुनेछ। खुमलटार आज चौंथो जितको योजनामा हुनेछ। खुमलटार १० खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ।
मनाङ पाँचौं जितको खोजीमा हुनेछ। मनाङ १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ। जावलाखेल र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। शीर्ष स्थानको जावलाखेल सातौं जितको खोजीमा हुनेछ। जावलाखेल १० खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ।
चर्च ब्वाइज १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।त् यस्तै च्यासलमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन्। मछिन्द्र र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। मछिन्द्र चौंथो जित निकाल्ने योजनामा रहेको छ। मछिन्द्र १० खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ। फ्रेन्ड्स पनि चौंथो जित निकाल्न चाहन्छ। फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ।