सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमानमाथि नेपालकोे सानदार जित

२०८० वैशाख ८, ०५:२४ खबर संवाददाता

काठमाडौंः नेपालले ओमानलाई ८४ रनको फराकिलो मतान्तरले पराजित गर्दै जित हात पारेको छ।

लगातार दोस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्यो।

कुशल मल्लले सानदार शतक,सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनायो। यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो।

जवाफमा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो।
 

कमेन्ट लोड गर्नुस