सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वाधिक विकेट लिने खेलाडीमा सन्दीपको विश्व कीर्तिमानी

२०८० वैशाख ८, ०३:५० खबर संवाददाता

काठमाडौः नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेटमा एक सय विकेट पूरा गरेका छन्।

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन्। सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमानीमा नाम रेर्कड गरेका छन्। यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो।

खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए भने सन्दीपले आफुले खेलेको ४२ एकदिवसीय अन्तराष्ट्रियमा एक सय विकेट पूरा गरेका हुन।

कमेन्ट लोड गर्नुस