सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रशासनमा टोकन प्रणालीबाट सेवा

२०८० वैशाख ८, ०३:१६ खबर संवाददाता

कञ्चनपुरः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले टोकन प्रणालीबाट सेवा सुरु गरेको छ। 

कञ्चनपुरका सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै टोकन प्रणाली लागू गरिएको बताए। उनका अनुसार उच्च भिडभाड हुने नागरिकता, प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रका लागि आउने सेवाग्राहीका लागि प्रशासनले टोकन प्रणालीबाट सेवा दिन थालेको छ। नागरिकता, प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राही लामो समय लाइनमा बस्न नपर्ने गरी टोकन प्रणाली लागू गरिएको सहायक प्रजिअ जोशीले बताए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सेवाग्राहीकै चाप र समस्यालाई मध्यनजर गर्दै गृह मन्त्रालयको कार्ययोजनाअनुसार शीघ्र सेवाप्रवाह र लामो समय लाइनमा बस्नुपर्ने झन्झट हटाउने उद्देश्यले टोकन प्रणाली लागू गरेको बताए। यसअघि पहुँचका आधारमा सेवा लिने प्रवृत्तिलाई समेत टोकन प्रणालीले रोक्ने प्रजिअ अर्यालको भनाइ छ।

कमेन्ट लोड गर्नुस