सुदूर नेपाललाई विश्वसँग जोड्दै

’ए’ डिभिजन लिग : ११ औं चरण आजबाट

२०८० वैशाख ८, ०६:२२ खबर संवाददाता

काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट ११ औं चरणका खेलहरु सुरु हुँदैछ। शुक्रबार लिगको ११ चरणको सुरुआती दुई खेलहरु हुँदैछ। जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ। एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

विभागीय डर्बी भिडन्त दिउँसो ३ बजे सुरु हुनेछ। पुलिस आज दोस्रो जितको योजनामा हुनेछ। पुछारमा रहेको पुलिसले १० खेलमा ५ अंक जोडेको छ। आर्मी पाँचौं जितको खोजीमा हुनेछ। आर्मी १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। त्यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ।

एनआरटी र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। एनआरटी आज तेस्रो जितको खोजीमा हुनेछ । एनआरटी १० खेलमा १० अंक जोडेर ११ औं स्थानमा रहेको छ। एपीएफ आज पाँचौं जित निकाल्न चाहन्छ । एपीएफ १० खेलमा १४ अंक जोडेर आठौं स्थानमा रहेको छ।

कमेन्ट लोड गर्नुस