डडेल्धुरालाई क्रिकेट प्रतियोगिताको उपाधि
अछामः सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष किक्रेट छनोट प्रतियोगिताको उपाधि डडेल्धुराले जितेको छ।
बिहिवार अछामको बडासैन खेल मैदानमा भएको फाइनल खेलमा डेडल्धुराले अछामलाई ८ विकेटले हराएको हो। टस हारेर फिल्डिङको निम्तो पाएको अछामले निर्धारित २५ ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाएको थियोे। अछामका लागि रविन भण्डारीले २६, खकेन्द्र कुँवरले १९ युराज कुँवरले १६ ,ज्ञानेन्द्र खत्री र निराजन गौतमले १४ /१४ रन बनाउदा अन्य ब्याटस्म्यानले दोहोरो अंक बनाउन सकेनन्।
बलिङमा डडेलधुराका इसान पालले ३,आशिष शाहु,सुवास सिहं रावलले समान २ विकेट लिए।
११८ रनको विजय लक्ष्य पाएको डडेलधुराले ३ विकेट गुमाउदै २२ दशमलवजव ४ ओभरमा लक्ष्य भेटायो। डडेलधुराको जितमा सचिन साउँदले ७९ बलमा १० चौका हान्दै नटआउट ६७ रनको पारी खेले। बलिङतर्फ अछामका निराजन गौतमले २ र खगेन्द्र कुँवरले १ विकेट लिए।प्रतियोगिता बिजेता डडेलधुराले ३५ हजार सहित ट्रफी मेडल र उपविजेता अछामले २५ हजार सहित ट्रफी मेडल पाए।
प्रतियोगिताका उत्कृष्ट बलिङ अछामका युवराज खत्री भए। डडेल्धुरा राजेश अयर उत्कृष्ट ब्याट्म्यान बने।
विगतमा सुदूरपश्चिम स्तरीय छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुने गरेका थिए। पहिलो पटक पहाडी जिल्लामा छनोट प्रतियोगिता भएको हो। मुख्यमन्त्री कप १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष किक्रेट छनोट प्रतियोगिता अछाम, डोटी, डडेलधुरा बझाङ, बैतडी , दार्चुला कैलाली र कञ्चनपुर सहभागी भएका थिए।
प्रतियोगिताबाट खेलाडी छनोट गरि सुदूरपश्चिम प्रदेशको १६ वर्ष मुनिको टिम बन्नेछ। १६ वर्ष मुनिको राष्ट्रिय किर्केट प्रतियोगिता यहि १० गते देखि धनगढीमा सुरू हुदैछ।