सुदूर नेपाललाई विश्वसँग जोड्दै

ए डिभिजन लिग : आज २ खेल हुँदै

२०८० वैशाख ७, ०६:१४ खबर संवाददाता

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै छन्। एउटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदा अर्को खेल एन्फा मैदान सातदोवाटोमा हुने छ। आजका २ खेलसँगै ए डिभिजन लिगको दशौं चरण सकिने छ। आज दिउँसो ३ बजे थ्रीस्टार र हिमालयन शेर्पा आमने सामने हुने छन्।

यो खेल एन्फा मैदानमा हुने छ। जारी प्रतियोगितामा थ्रीस्टार तेस्रो स्थानमा रहेको छ। थ्रीस्टारले ९ खेलबाट १५ अंक जोडेको छ। आजको खेलमा थ्रीस्टार विजयी भए दोस्रो स्थानमा रहेको रोयल ब्लु सातदोवाटोलाई पछि पार्दै केही समयका लागि भए पनि दोस्रो स्थानमा उक्लने छ।

थ्रीस्टार पाँचौं जितको खोजिमा हुँदा हिमालयन शेर्पा जित निकाल्दै रेलिगेशन जोनबाट बाहिर निस्कने प्रयासमा हुने छ। शेर्पा ९ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ। थ्रीस्टारमाथि जित दर्ता गर्न सके शेर्पा दशौं स्थानमा पुग्ने। आजै साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने अर्को खेलमा चर्च ब्वाइज र सातदोवाटो आमने सामने हुने छन्

कमेन्ट लोड गर्नुस