सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम मुख्यमन्त्री कप क्रिकेटको फाईनलमा

२०८० वैशाख ६, ०५:०४

अछामः सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि अछाम र डडेल्धुरा भिड्ने भएका छन।

प्रदेश स्तरीय १६ वर्ष मुनिको क्रिकेट प्रतियोगितामा दुबै टिम समूह बितेता बन्दै पाइनलमा प्रवेश गरेका हुन्।  फाईनल खेल बिहिवार बिहान ९ बजे साँफेबगर नगरपालिका ७ रिडिकोटमा रहेको बडासैन खेल मैदान हुनेछ। अछाम युवराज खत्रीको कप्तानीमा रहेको छ भने सचिन मल्लको कप्तानीमा डडेलधुरा रहेको छ।

बिगतमा सुदूरपश्चिम स्तरीय छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुने गरेको थियो। पहिलोपटक पहाडी जिल्लामा छनोट प्रतियोगिता भएको हो। प्रतियोगिताबाट खेलाडी छनोट गरि सुदूरपश्चिम प्रदेशको १६ वर्ष मुनिको टिम बन्नेछ। १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि १० गतेदेखि धनगढीमा सुरू हुदैछ।
 

कमेन्ट लोड गर्नुस