कञ्चनपुरमा डेढ लाख बढी मुल्यका अवैध समान बरामद
कञ्चनपुरः कञ्चनपुरमा डेढ लाख बढी मुल्यका अवैध सामान बरामद गरिएको छ। शनिवार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छलीका सामान बरामद गरेको हो।
कृष्णपुर नगरपालिका–५ बाट बिडी, चप्पल, सलाई, पिठो गरेर एक लाख ५६ हजार मुल्य बराबरका सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
बेवारिसे अवस्थामा फेला परेका ती सामग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डा चौकी पठाएको प्रहरीले जनाएको छ।