पाताल भुवनेश्वर धार्मिक महोत्सव हुने
बैतडीको पाताल भुवनेश्वरमा बैशाख २४ गतेदेखि विराट सिद्धनाथ पाताल धार्मिक महोत्सव हुने भएको छ । महोत्सव संयोजन समितिले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै धार्मिक र पर्या पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले बैशाख २४ देखि ३१ गतेसम्म धार्मिक महोत्सव आयोजना गरिन लागेको जानकारी दिएको हो ।
महोत्सव संयोजन समितिका संयोजक परमानन्द भट्टले धार्मिक पर्यटन प्रवद्र्धन तथा पाताल भुवनेश्वर गुफाको प्रचार प्रसारका लागि महोत्सव आयोजना गरिन लागेको बताए । महोत्सवबाट संकलित रकम पाताल भुवनेश्वर गुफाको संरक्षण र प्रचार–प्रसारमा खर्च गरिने उनले वताए ।
पाताल भुवनेश्वरमा झन्डै ११ किलोमिटर लामो गुफा रहेको अनुमान गरिएको छ ।