कञ्चनपुरमा साढे एक लाख मुल्य बराबरका अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा साढे लाख मुल्य बराबरका अवैध सामान बरामद गरिएको छ।
सोमबार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले एक लाख ४९ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको हो।
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बलुवानाला नजिकै हाईड्रोफेसियल उपकरण, बाक्स र माईक्रो निडल थेरापी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको कञ्चनपुर प्रहरीले बताएको छ।