सुदूर नेपाललाई विश्वसँग जोड्दै

'ए' डिभिजन लिग : सातौं चरणका अन्तिम तीन खेल हुँदै

२०७९ चैत्र २७, ०७:४४ खबर संवाददाता

काठमाडौं: सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार तीन खेलहरु हुँदैछन्। लिगको सातौं चरण अन्तर्गत सोमबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। चर्च ब्वाइज आज चौंथो जितको योजनामा हुनेछ । चर्च ब्वाइज ६ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।एपीएफ पनि चौंथो जितको खोजीमा हुनेछ। एपीएफ १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ। रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ। शीर्ष स्थानको मनाङ पाँचौं जितको योजनामा रहेको छ। मनाङले ६ खेलमा १४ अंक जोडेको छ। थ्री स्टार चौंथो जितको योजनामा छ। थ्री स्टार १० अंक जोडेर छैटौं स्थानमा रहेको छ। त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेन्ड्स क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्।

पुछारका दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। फ्रेन्ड्स आज दोस्रो जित निकाल्न चाहन्छ। फ्रेन्ड्स ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ। पुलिस पहिलो जितको योजनामा रहेको छ। पुलिस १ अंक जोडेर पुछारमा रहेको छ।

कमेन्ट लोड गर्नुस