सुदूर नेपाललाई विश्वसँग जोड्दै

थाइल्याण्डमा गोली चल्दा चारजनाको मृत्यु

२०७९ चैत्र २६, ०७:४५ खबर संवाददाता

काठमाडौं: थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चारजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो। थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन्। यो अवधिमा हालैका केही दशकभित्र भउका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ।

गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए। गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए।

कमेन्ट लोड गर्नुस