दार्चुलामा मोटरसाइकले तीन विद्यार्थीलाई ठक्कर दियो
दार्चुलाः दार्चुलामा मोटरसाइकलले ठक्कर दिदा तीन विद्यार्थी घाइते भएका छन्। जिल्लाको महाकाली नगरपालिका—७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह मालिकार्जुन नमुुना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका—८ का १८ वर्षीया सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी छन्। भाटको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम छ। त्यस्तै भट्टको खुट्टा र पालको टाउकोमा चोट लागेको तथा उनीहरुको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक महाकाली नगरपालिका–४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।