सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको शैल्यशिखरविरुद्ध अख्तियारमा उजुरी 

२०७९ चैत्र २३, ०७:३५ खबर संवाददाता

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ। नगरपालिकाले कृषि औजार खरिदमा १ करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको हो। 

कृषि औजार खरिद कार्यक्रम अन्तरगत नगरपालिकाका मेयर विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी १ करोड हिनामिना गरेको भन्दै उजुरी परेको पाइएको छ। कार्यक्रम निर्देशिका बमोजिम कार्यक्रम नगरेरै रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेपछि कार्यालयले नगरपालिकासँग थप कागजात माग गरेको छ।

कृषि औजार खरिद प्रक्रियासँग सम्बन्धित स्पेसिफिकेसन लागत अनुमान, सिलबन्दी दरभाउ, कोटेसन दाखिला प्रतिवेदन र किसानहरुलाई वितरण गरेको भरपाईहरु पठाउन पनि अख्तियारले भनेको छ। साथै ‘सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपिहरु स्पष्ट राय, प्रतिकृयासहित पत्र प्राप्त भएको मितिले १५ दिनभित्र कार्यालयमा आइपुग्ने गरी पठाउन’ अख्तियारले नगरपालिकासँग भनेको छ।
 

कमेन्ट लोड गर्नुस