सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ 

२०७९ चैत्र २२, ०७:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटीएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगपालिका ७ कलुवापुरका गणेश पाण्डेय र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका ४० वर्षीय तिर्थ फुलारालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

पाण्डेयले चलाएको सु.प.प्र.०१–०११ प.२२४६ नम्बरको मोटरसाईकल र सोही मोटर साईकलमा पछाडी सवार फुलारालाई शंकालागी चेक जाँज गर्दा उनीहरुको साथबाट १.१५ ग्राम लागुऔषध खैरो हिरोईन बरामद नियन्त्रणमा लिएको डाँगीले बताए। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाइएको छ।


 

कमेन्ट लोड गर्नुस