बैतडीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु
बैतडी: बैतडीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथको जिपको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
सुदूरपश्चिम प्रदेश ०१००१ ज १२९४ नम्बरको जिपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका वेला आज ४ बजेतिर ठक्कर दिएको खत्रीले बताए। जिपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको हो। जिप चालक डिलाशैनी गाउँपालिका–१ रोशन राना र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।