सुदूर नेपाललाई विश्वसँग जोड्दै

रित्तिदै सुदूरपश्चिमका अस्पतालः ९५ प्रतिशत डाक्टरको समायोजन संघमा

२०७५ चैत्र २२, ०७:५५ नवराज पनेरु

सुदूरपश्चिभरी रहेका सरकारी अस्पतालमा अव २ जना मात्रै सरकारी डाक्टर रहने भएका छन्। संघीय सरकारमा रहेको साविकको उप क्षेत्रीय अस्पताल र अहिले डडेल्धुरा अस्पताल बाहेक अन्य सबै अस्पतालमा अव २ जना डाक्टर मात्रै सरकारी डाक्टर रहने भएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेकोमा सुदूरपश्चिम प्रदेशमा २ जना डाक्टरको मात्रै समायोजन भएको छ। सेती अञ्चल अस्पतालमा कार्यरत १० औँ तहका डाक्टर खगेन्द्र भट्ट र ९ औँ तहका डाक्टर जगदिश जोशीको मात्रै सुदूरपश्चिम प्रदेशमा समायोजन भएको छ भने उनीहरुको पनि कुन अस्पतालमा समायोजन हुन टुङगो लागेको छैन्। 

मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य सेवा अन्तर्गत ८, ९ र १० औं तहको सूची सार्वजनिक गरेकोमा सुदूरपश्चिमभरी सुदूरपश्चिम भरी रहेका सरकारी डाक्टरमा २ जना बाहेक सबैको संघीय सरकारमा समायोजन भएको छ। संघीय सरकार अन्तरगत सुदूरपश्चिममा एउटा मात्रै डडेल्धुरा अस्पताललाई राखिएकाले सुदूरपश्चिमका अन्य अस्पताल भने डाक्टर विहिन हुने भएका छन्। अन्य २ वटा अञ्चल सेती र महाकाली, ६ जिल्ला र अन्य ४ वटा जिल्ला स्तरीय अस्पताल गरि १२ वटा अस्पताल भने प्रदेश सरकारको मातहतमा रहेका छन्।

१२ वटा अस्पतालमा २ जना मात्रै सरकारी डाक्टर समायोजन हुने भएकाले बढिमा २ अस्पतालले मात्रै सरकारी डाक्टर पाउने देखिएको सरकारी डाक्टर संघ गोदानका सुदूरपश्चिम प्रतिनिधि डाक्टर कपिल गौतमले बताए। सुदूरपश्चिमभरी रहेका अस्पतालमा अहिले विकास समिति पनि नहुँदा अस्पतालहरु घरासयी हुने चिन्ता बढेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस