कञ्चनपुरमा दर्ता भएर काम नगर्ने सहकारी खारेज गरिने
कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर–९ मा राष्ट्रिय सहकारी दिवस मनाइएको छ।
जिल्लाको बेदकोट नगरपालिका वडा नम्वर–९ मा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि. को आयोजनामा सुन्दरपुरमा ‘सहकारीको दिगोपनः स्वनियम र सुशासन’ मुल नाराका साथ ६६ औँ राष्ट्रिय सहकारी दिवस सोमवार मनाइएको हो। इन्दे्रणी कृषि सहकारी संस्थाको कार्यालय बाट प्रभात फेरी सुरु गरी पुनः कार्यलयमानै पर्कीएर कोण सभामा परिणत भएको थियो।
उक्त कार्यक्रमका सभापति इन्दे्रणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्ट रहेका थिए भने प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्वर–९ का अध्यक्ष जनकसिंह विष्ट रहेका थिए। अध्यक्ष विष्टले भने, ‘सबै सहकारीले कुनै न कुनै उद्देश्य बोकेर कार्य गर्नुपर्दछ अनि मात्र सहकारी अगाढी बढ्छ, कुनैले बिउ सम्वन्धी कार्य गर, कुनै मल सम्बन्धी, सबै सहकारी एउटा उद्देश्य बोकेर मात्र अगाडी बढ्नुपर्दछ।
कार्यक्रममा विशिष्ठ अतिथि वेदकोट नगरपालिका सहकारी शाखा प्रमुख पदमसिंह ठकुराठीले भने, ‘अहिले बेदकोट नगरपालिकामा ६१ सहकारी दर्ता भएता पनी जम्मा ३२ सहकारी संस्था मात्र सक्रीय रहेको र अव नियमन र अनुगमन गरेर दर्ता मात्र भएका कार्य नगरीरहेका सहकारीलाई दर्ता खारेजी गर्न नगरपालिका सहकारी शाखा अगाडी बढ्ने छ।’
उनले भने सवै सहकारीहरु ‘सहकारी व्यवस्थापन सुचना प्रणाली’ मा दर्ता हुनु पर्दछ र सबै सहकारीले आफ्नो तथ्याङ्क राख्नु पर्दछ। सहकारी साखाले अव केहीदिनमा नै सहकारी व्यवस्थापन सुचना प्रणालीमा कसरी तथ्याङ्क राख्ने भन्ने समेत तालिम आयोजना गरीने शाखा प्रमुख ठकुराठीले बताए।